Logo
Logo
कोरोनाको दोस्रो लहर

९ बजेपछि रात्रिकालिन व्यवसाय बन्द गर्न सरकारको निर्देशन


दृष्टि संवाददाता


काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ।

देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालिन व्यवसाय रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो ।

त्यस्तै मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना शहरमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिए आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ । घरबाहिर जाँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न निर्देशन दिइएको छ ।

यस्तै, काठमाडौं, पोखरा लगायत ठुला सहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमण दर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर सङ्क्रमणको उच्च सतर्कता अपनाउनु भनिएको छ । मानिसको भीड हुने स्थानमा अति कडाइको साथ स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।

निर्देशनकाे निर्णय सहित :

 

प्रतिक्रिया दिनुहोस्