Logo
Logo

पदमुक्त हुँदै माओवादी छाडेका चार मन्त्री


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले ओली पक्षमा प्रवेश गरेका चार जना मन्त्रीको सांसदको पद खोसिने भएको छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ ।
माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुनेछन् । चारै जना ओली नेतृत्वको सरकारको मन्त्री रहेका छन् । सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पदसमेत जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्