Logo
Logo

नेप्से परिसूचक २ दशमलव ७४ अंकले बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्से परिसूचक २ दशमलव ७४ अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक २ हजार ६ सय ७४ दशमलव ३५ अंकमा पुगेर रोकिएको छ ।

बिहीबार ६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । अन्तिम दिन बैंक, होटेल र पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहका लगानीकर्ताले कमाएका छन् ।

व्यापार, जलविद्युत, निर्जीवन बीमा, निर्माण तथा उत्पादन, अन्य र लगानी समूहका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्