Logo
Logo

सार्वजनिक बिदामा पनि राजस्व काउन्टर खोल्न राष्ट्र बैंकको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार लगायतका जुनसुकै सार्वजनिक बिदा परे पनि २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर खोली राजस्व संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले बैंकका क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड समेत पूर्ण रुपमा खुल्ला गर्न पनि भनेको छ ।

निर्देशनको पत्र :

प्रतिक्रिया दिनुहोस्