Logo
Logo

सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने


दृष्टि संवाददाता


काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँट हुने जनाएको हो ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता सय रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीका लागि बाँडफाँट गरिएको थियो । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४ सय ० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९ दशमलव १६ गुणा भन्दा धेरै हो । साढे १२ लाखभन्दा बढी आवेदकले भने शेयर नपाउने पक्का देखिएको छ।

प्रतिक्रिया दिनुहोस्