Logo
Logo

शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव


दृष्टि संवाददाता


काठमाडौं । विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थयले शिक्षा मन्त्रालयलाई शैक्षिक संस्थाको विषयमा पत्राचार नै गरिसकेको छ ।

 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ । १६ प्रतिशत बालबालिकामा कोरोना देखिएकाले विद्यालय खोल्न जोखिम रहेको स्वास्थ्य मन्त्रालयले भनेको छ ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् । शिक्षा मन्त्रालयले भने शैक्षिक संस्था सञ्चालन ढाँचा यसअघि नै तयार पारिएकाले स्थानीय तहले निर्णय गर्न सक्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना जोखिम हेरेर स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका शैक्षिक संस्थाहरु बन्द गर्ने वा सञ्चालन गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्