Logo
Logo

बेलायती महारानी एलिजाबेथका श्रीमानकाे निधन


दृष्टि संवाददाता


काठमाडाैं । बेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो ।

‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ ।

केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएको थियो । उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।

प्रतिक्रिया दिनुहोस्