Logo
Logo

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ लाख ६९ हजारले पाए शेयर


दृष्टि संवाददाता


काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदन परेको थियो भने त्यसमथ्ये २ लाख ६९ हजार सात सय जनालाई १० कित्ताका दरले शेयर बाँडफाट गरिएको कम्पनीले जनाएको छ ।

आइपीओमा १५ लाख ५९ हजार ८ सय २ वटा योग्य आवेदन परेको थियो भने ५ हजार बढीको आवेदन रद्द गरिएको छ । त्यस अनुसार योग्य आवेदकबाट १२ लाख ९० हजार एक सय २ जनाले शेयर पाएनन् ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता सय रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो ।

बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्