Logo
Logo

‘कबड्डी ४’मा दयाहाङसँग मिरुना


दृष्टि संवाददाता


काठमाडौंँ । चर्चित नेपाली फिल्म ‘कबड्डी’ को अन्तिम सिक्वेल ‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगर फाइनल भएकी छन् । निर्माण युनिटले दिएको जानकारी अनुसार फिल्मको मुख्य अभिनेत्रीको रुपमा मिरुना फाइनल भएको हो ।

युके बस्दै आएकी मगर फिल्मको वर्कसपका लागि अहिले नेपाल आएकी छन् । ‘लालपुर्जा’ फिल्मबाट अभिनेत्रीको रुपमा नेपाली रजतपतमा देखिएकी मगरले यस अगाडि ‘रोज’, ‘साइनो’ र ‘चच हुईं’मा काम गरिसकेकी छन् ।

उनले सबै सिक्वेल मनमराइएको फिल्ममा जोडिन पाउँदा आफु निकै खुसी भएको बताएकी छन् । फिल्ममा यस अगाडि कलाकारको रुपमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामा छानिएका छन् ।

फिल्मको छायाँकन वैशाखबाट सुरु हुँदैछ । फिल्मको प्रदर्शन मिति नयाँ वर्षको असोज १५ तोकिएको निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्