Logo
Logo

पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना पुष्टि


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३२ लाई परिक्षण गरिएको हो । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएको थियाे ।

नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ । छिमेकी देश भारतमा कोरोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको हाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ। बितेको २४ घन्टामा १ सय ५१ जना निको भएका छन्।

नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८ सय ८६ पुगेको छ। यस्तै, कोरोनाबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या ३ हजार ३९ रहेको छ।

प्रतिक्रिया दिनुहोस्