Logo
Logo

स्वास्थ्य मापदण्ड कडाइ गर्ने सीसीएमसीको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी ) ले कोरोनाको दोश्रो चरणको नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको सीसीएमसी बैठकले अहिलेको कोरोनाको अवस्थामा छलफल गर्दै स्वास्थ्य सावधानीका साथै मापदण्डमा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकपछि मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले निगरानी सतर्कताका विषयमा जोड दिँदै स्वास्थ्य मापदण्डमा कडाई गर्न अपिल गर्ने निर्णय भएको बताए ।

त्यस्तै कोरोना नियन्त्रणमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने निर्णय भएको उनले बताए । उनले अहिले नै कुनै कडा कदम चाल्ने अवस्था नरहेको जानकारी दिए ।

विद्यालयर रात्रीकालिन लगाएतका केही क्षेत्र बन्द गर्ने चर्चा चलेपछि मापदण्ड पालना गराउने विषय नै प्रमुख भएको बताए ।

बैठकले कोरोना फैलन नदिन नाका–नाकामा थप सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्