Logo
Logo

चुच्चे नक्सा गायबबारे रावलको प्रश्न: वालुवाटारमा विदेशी गुप्तचरसँगको मन्त्रणा त होइन ?


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकबारे विभिन्न टिकाटिप्पणी भएको छ । पदकको बीच भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिम प्रदेशमा रहेको लिपुलेक, लिम्पियाधुरा समेटिएको भूभागसहितको चुच्चे नक्सा गायब भएपछि सामाजिक सञ्जालमा ब्यापक आलोचना भईरहेको छ ।

यसबारे सत्तारुढ दल नेकपा एमालेकै नेता भीम रावलले पनि तक्मामा नेपालको नयाँ नक्सा नराखिएकोप्रति गम्भिर प्रश्न उठाएका छन् । नेता रावलले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले यसबारे जवाफ दिनुपर्ने समेत माग गरेका छन् ।

उनले लेखेका छन्, ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ । यसो हुनुको कारण कतै वालुवाटारमा प्रमंको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’

प्रतिक्रिया दिनुहोस्