Logo
Logo

बार्सालाई हराउँदै रियल शीर्ष स्थानमा


दृष्टि संवाददाता


काठमाडौं । सिजनको दोस्रो एल क्लासिकोमा बार्सिलोनालाई हराउँदै रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल २–१ अन्तरले विजयी बनेको हो । करिम बेन्जेमाले खेलको १३ औँ मिनेटमा नै उत्कृष्ट गोल गर्दै रियलाई अग्रता दिलाए ।

पछिल्ला सात लिग खेलमा बेन्जेमाको यो नवौँ गोल हो । खेलको २८ औँ मिनेटमा टोनी क्रुसले फ्रिकिक मार्फत रियलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा ओस्कार मिनगुएजाले बार्सिलोनाका लागि एक गोल फर्काए पनि त्यसपछि कुनै पनि गोल हुन सकेन । रियलका कासिमिरोले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए ।

रियल र एथ्लेटिको म्याड्रिडको समान अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा उक्लिएको हो । यद्यपि, एथ्लेटिकोले एक खेल कम खेलेको छ । आइतबार रियल बेटिसलाई हराए एथ्लेटिको पुनः शीर्ष स्थानमा उक्लिनेछ ।

प्रतिक्रिया दिनुहोस्