Logo
Logo

थप ३६७ जनामा संक्रमण पुष्टि, काठमाडौंमा मात्रै १२८ संक्रमित भेटिए


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा आइतबार थप ३०३ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ८० हजार २८ पुगेको छ ।

२४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित फेला परेका छन् ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा तीन हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार थप १४१ जना कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल २९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टीनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ वटा पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्