Logo
Logo

जुकालाई टोकाएर यसरी पारिन्छ रोग निको


दृष्टि संवाददाता


काठमाडौं । ओसिलो ठाउँमा पाइने जुकाको चुसाईबाट पनि विभिन्न रोग निको हुने गर्दछ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा जुकाको चुसाइ अर्थात लिच थेरापी माध्यामबाट विभिन्न जटिल रोगको उपचार हुने गरेको छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म १५० भन्दा बढीको सफल उपचार भइसकेको बताए । उनले भने, ‘जुकाले चुस्ने क्रममा निस्किने स्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ ।’

छालासम्बन्धी रोग, युरिक एसिड, टाउकोको रौं झरेका, अनुहारमा डन्डीफोर आएका, पुराना दाद, पायल्सलगायत रोगका बिरामीको उपचार भइसकेको कार्यकारी निर्देशक यादवले जानकारी दिए ।

विरामीको रगतको मात्रा हेरेर मात्र लिच थेरापी गर्ने गरिएको उनले बताए । एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुसाउने गरिन्छ । बिरामीको अवस्था हेरी दुईभन्दा बढी जुकाको प्रयोग गर्न सकिने राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको भनाइ छ ।

केन्द्रका अनुसार एउटा जुकालाई बिरामीको समस्या भएको ठाउँबाट ५ देखि १० मिलिलिटर अशुद्ध रगत सेवन गराइन्छ । जुकाको र्यालमा एक सयभन्दा बढी यस्ता तत्व हुन्छन्, जसले रगतलाई शुद्ध र पातलो बनाउँने काम गर्छ । आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्