Logo
Logo

बढ्न थाले कोरोनाका सिकिस्त बिरामी, बालबालिका पनि अस्पतालमा


दृष्टि संवाददाता


काठमाडौं । राजधानीका विभिन्न अस्पतालमा कोरोनाका सिकिस्त बिरामी बढ्न थालेका छन् । सिकिस्त बिरामी बढेसँगै कोरोनाको जोखिम झन् बढेको चिकित्सकहरुले औल्याएका छन् ।

विवरणअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आईसीयूमा भर्ना भएका छन् । भर्ना भएकामध्ये १४ जना निमोनिया भइसकेर अक्सिजन चाहिने अवस्थाका छन् । तीमध्ये ६ जना सिकिस्त छन् ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २२ जना बिरामी भर्ना भएका छन् । उनीहरु सबै अक्सिजन चाहिने अवस्थाका छन् । वीर अस्पतालमा ५ जना कोरोना संक्रमित भर्ना भएका छन् । यसमध्ये २ जना आईसीयूमा छन् ।

चिकित्सकका अनुसार भर्ना हुनेमा १८ वर्षमुनिका बालबालिका पनि छन् । पहिला बृद्ध उमेरका व्यक्ति कोरोनाबाट सिकिस्त भएर आउने गरेकामा यसपालि युवा उमेरका पनि सिकिस्त भएर भर्ना भएका छन् । संक्रमितमध्ये धेरैमा युकेको नयाँ भेरिएन्ट देखिएको छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्