Logo
Logo

बेलायतमा घट्यो कोरोनाबाट मृत्यु हुनेको संख्या


दृष्टि संवाददाता


लण्डन । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बेलायतमा घटेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या सात महिनायताकै कम भएको हो ।

इंग्ल्यान्डमा जारी लकडाउन खुल्न केही घण्टामात्र बाँकी रहँदा मृतक संख्यामा कमी आएको बताइएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ जनाको मात्र जनाको मृत्यु भएको त्यहाँको तथ्यांकमा उल्लेख छ ।

मृतक संख्या गत वर्षको सेप्टेम्बर १३ पछिकै सबैभन्दा कम हो । सेप्टेम्बर १३ मा ५ जनाको मृत्यु भएको थियो । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ८७ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा १ हजार सात सय ३० जना कोरोना संक्रमित थपिएका छन् । एक हप्तामा १८ हजार ४३० जना संक्रमित थपिएका छन् ।

यससंगै संक्रमितको कुल संख्या ४३ लाख ६९ हजार ७७५ पुगेको छ । संक्रमित संख्या अघिल्लो हप्ताको तुलनामा ३०।२ प्रतिशतले ह्रास आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्