Logo
Logo

खोपको दोस्रो डोज वितरणमा नयाँ रेकर्ड


दृष्टि संवाददाता


बेलायत । कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोज वितरणमा बेलायतले नयाँ कीर्तिमान कायम गरेको छ । शनिबार ४ लाख ७५ हजार २३० जनाले खोपको दोस्रो डोज लगाएका छन् । अघिल्लो दिन शुक्रबार पनि एकैदिनमा ४ लाख ५० हजार भन्दा बढीले दोस्रो डोज लगाएका थिए ।

बेलायतमा कोरोना विरुद्धको खोप वितरण शुरु भएयता हालसम्म तीन करोड ९५ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । स्वास्थ्य विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ९५ लाख ८७ हजार ८९३ डोज खोप वितरण भइसकेको छ ।

तीन करोड २१ लाख २१ हजार ३५३ जनाले खोपको पहिलो र ७४ लाख ६६ हजार ५४० जनाले दोस्रो डोज समेत लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा कोरोना विरुद्धको तिन छुट्टाछुट्टै कम्पनीको खोप वितरण गरिएको छ । यसअघि फाइजर बायोनटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण गरिंदै आएकोमा गत बुधबारबाट अमेरिकी कम्पनीद्धारा उत्पादित ‘मोडर्ना’ खोपको पनि वितरण शुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्