Logo
Logo

मौसम पुर्वानुमानः चट्याङसहित क्षणिक वर्षाको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । आज बिहान देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको महाशाले जनाएको छ । देशका अधिकांश भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानहरूमा तुवाँलो रहेको छ ।

सोमवार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका केहि भू-भागमा तुवाँलोको असर रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलवार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। पहाडी भू-भागका एक(दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै बुधबार सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्