Logo
Logo

विद्यालय खोल्ने वा नखोल्नेबारे शिक्षा मन्त्रालयमा छलफल


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेकाबेला स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सुझाव दिएको छ । तर, विद्यालय सञ्चालकहरुले पुनः विद्यालय बन्द गर्न नसकिने बताउँदै आएका छन् ।

आज (सोमबार) विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्नेबारेमा शिक्षा मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको छ । मन्त्रालयमा जारी छलफलमा विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनका प्रतिनिधिहरु सहभागी छन् ।

बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमण उच्च देखिन थालेपछि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेको छ । प्याब्सनले भने स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न पाउँनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्