Logo
Logo

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से २७ सय अंक नजिक


दृष्टि संवाददाता


काठमाडौं । नयाँ वर्षको दुई दिन अघि सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नयाँ वर्ष सुरु हुने समयसंगै सेयर बजारमा आकर्षण बढेको अनुमान गरिएको छ । जस्को कारण साताको पहिलो दिन नेप्से १७ दशहलब २० अंकले वृद्धि भएर २ हजार ६ सय ९१ दशलमव ५५ अंकमा पुगेको हो ।

माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका समूहमा आकर्षण बढेको छ । नेप्से सूचक र कारोबार दुवैमा बृद्धि भएको कारण कारोबार रकम ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी भएको नेप्सेले जनाएको छ ।

सोमबार २ सय १६ कम्पनीको १ करोड ३८ लाख २१ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । चैत मसान्तमा ब्याज तिर्नका लागि लगानीकर्ताले पैसा जोहो गरिसकेको कारण पनि बजारमा सेयर आकर्षण बढेको हुन सक्ने लागनीकर्ताको भनाई छ ।

मंगलबार यो वर्षकै अन्तिम सेयर कारोबार हुनेछ । नयाँ वर्षसँगै लगानीकर्तामा पनि नयाँ उमंग देखिने अपेक्षा गरिएको छ । नयाँ वर्ष लागेसँगै वित्तीय प्रणालीमा तरलता सहज हुँदै जाने अनुमान छ ।

तेस्रो त्रयमासिक अवधिको वित्तीय विवरण आउने क्रम पनि सुरु हुने भएकोले त्यसपछि बजार कहाँ जान्छ भनेर भन्न सक्ने विश्लेषण गरिएको छ । कोरोना कहरका बीचमा पनि औसतमा सूचीकृत कम्पनीहरुको नाफामा सकारात्मक प्रभाव परेको आशमा बजार बढेको हो ।

सोमबार १३ मध्ये ७ समूहको सूचक वृद्धि भएको छ । ५ कम्पनीको मुल्यमा सर्किट लाग्ने तहमा वृद्धि भएको थियो । कारोबार रकममा २५ करोड रुपैयाँभन्दा बढी सहित एनआइसी एसिया बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । दोस्रोमा नबिल बैंक र तेस्रोमा नेपाल इन्फा्रस्टक्चर बैक (निफ्रा) रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्