Logo
Logo

चालु खाता १ खर्ब ४८ अर्ब घाटामा


दृष्टि संवाददाता


काठमाडौ । चालु आर्थिक वर्षको ८ महिने अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब ६८ करोड रुपैया घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १खर्ब १९ अर्ब ७० करोड रुपैया घाटामा थियो । आयात क्रमशः बढ्न थालेपछि चालु खाता घाटा उच्च हुन पुगेको हो ।

नेपाल राष्ट्र बैकले सोमबार सार्वजकि गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धी ८ महिने तथ्याकंमा सो कुरा उल्लेख गरिएको छ । चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्ने गर्छ ।

चालु खाता, पुँजी खाता र वित्तीय खाताले समग्र शोधनान्तरको स्थितिलाई प्रतिबिम्बित गर्छ । पुँजीखातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकहरूले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले विदेशबाट ल्याएको ऋणसमेत समावेश हुन्छ । पुँजी खाताको दायित्व दीर्घकालीन हुनेहुँदा शोधनान्तर स्थिति बचत भएपनि दीर्घकालको दायित्व समेत त्यसमा समावेश भएको हुन्छ ।

केन्द्रीय बैकले सार्वजकि गरेको सो प्रतिवेदनम कुल वस्तु निर्यात ७ दशलमव ८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड पुगेको देखाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२ दशमलब ३ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११ दशमलव ३ प्रतिशत र २ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४३ दशमलव ७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।

यो अवधिमा कुल वस्तु आयात २ दशमलव १ प्रतिशतले वृद्धि भई ९ सय ४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ दशमलव ६ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९दशमलव ८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७ दशमलव १ प्रतिशत र १२ दशमलव १ प्रतिशतले कमी आएकोे छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने

पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आठ महिनामा कुल वस्तु व्यापार घाटा १ दशमलव ६ प्रतिशतले वृद्धि भई ८ सय ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव ६ प्रतिशत पुगेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव १ प्रतिशत थियो ।

यो अवधिमा अवधिमा विप्रेषण आप्रवाह ८ दशलमव ६ प्रतिशतले वृद्धि भई ६ खर्व ४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १ दशमलव ५ प्रतिशतले बढेकोे थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशलमव ५ प्रतिशतले बढेकोे थियोे ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७४ दशलमव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४ दशलमव २ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५ दशलमव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको पनि केन्द्रीय बैकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्