Logo
Logo

वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि रेमिट्यान्स बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि रेमिट्यान्स आप्रवाह बढेको छ । गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यो आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार आठ महिनाको अवधिमा छ खर्व ४२ अर्व भन्दा बढी रेमिट्यान्स आप्रवाह भएको छ ।

अघिल्लो आ.वमा पाँच खर्व ९१ अर्व रेमिटयान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्याङक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७४.८ प्रतिशत गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्