Logo
Logo

लापारबाही कारण ह्वात्तै बढ्यो कोरोना, सुदूरमा नयाँ भेरियन्ट


दृष्टि संवाददाता


काठमाडौं । हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर बढेर सोमबार १३ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन ज्येष्ठ नागरिकको ज्यान गएको छ। अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार रूपन्देही, अर्घाखाँची र कपिलवस्तुका एकरएक जना संक्रमितको मृत्यु भएको हो।

कोरोना संक्रमणका साथै अन्य दीर्घरोगसमेत रहेको अस्पतालले जनाएको छ। यस्तै, कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा ८ जनाको मृत्यु भएको र ५ जनाको मृत्यु विवरण अद्यावधिक गरिएको जनाएको छ।

चैत तेस्रो सातासम्म दैनिक संक्रमितको संख्या औसत डेढ सय हाराहारी थियो। तर, सोमबार ५ सय ५९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। जसमध्ये २४ वर्षमुनिका संक्रमितको संख्या १८ छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमणदर वृद्धि भइरहेका कारण भीडभाड एवं जमघट गर्नु घातक हुने बताए।

‘संक्रमणको अवस्थालाई आकलन गरेरै २५ जनाभन्दा बढी व्यक्ति जमघट तथा भेला हुने कार्यक्रम सबै बन्द गर्नुपर्छ भन्ने नै हाम्रो प्रस्ताव हो’, प्रवक्ता डा। गौतमले भने।, यो समाचार आजको अन्नपूर्णपोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्