Logo
Logo

अश्वेत युवक मारिएपछि अमेरिकामा तनाव, दुई शहरमा लगाइयो कर्फ्यु


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकामा एक अश्वेय युवक मारिएपछि तनाव भएको छ । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवक मारिएपछि तनाव उत्पन्न भएको हो ।

अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु समेत लगाइएको छ । समाचारमा जनाइए अनुसार गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई प्रहरीले ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाट बाहिर निकालेर हतकडी लगाउन खोजेको थियो ।

त्यसक्रममा घम्साघम्सी हुँदा प्रहरीको गोली लागेर ती युवकको मृत्यु भएको थियो । घटनाको विरोधमा स्थानीयले प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

स्थिति नियन्त्रणमा लिन मिनियापलिस र सेन्ट पल शहरका मेयरहरुले आपतकाल घोषणा गर्दै रातिको समयमा कर्फ्यु जारी गरेका छन् ।

स्थानीय प्रहरी अधिकारीले आफूहरुबाट गल्ती भएको बताए पनि प्रदर्शन भने रोकिएको छैन । यसअघि प्रहरीबाट अश्वेत नागरिक जर्ज फ्लोयड मारिँदा अमेरिकाभर तनाव सिर्जना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्