Logo
Logo

चिनियाँ खोप आजबाट: ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै (खोप केन्द्रसहित)


दृष्टि संवाददाता


काठमाडौं । चीनको अनुदानमा आएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोज आजदेखि दिइने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले यो खोप पाउँनेछन् । आजदेखि २०७८ बैशाख ५ सम्म खोप सो उमेर समूहका नागरिकलाई दिइनेछ ।

१८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई चैत २५ बाट खोप लगाउन सुरु गरिएको थियो । अब १८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउने भएको छ ।

यसअघि छुटेका अग्रपंक्तिमा खटिनेहरुलाई पनि यो खोप दिइन्छ । खोप २३ वटा केन्द्रबाट दिन लागिएको खोप महाशाखा प्रमुख डाक्टर झलक गौतमले बताए ।

२३ वटा खोप केन्द्र

१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल

२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली

३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

४. निजामती कर्मचारी अस्पताल मिनभनव

५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर

६. नेपाल मेडिकल कलेज अत्तरखेल

७. काठमाडौँ मेडिकल कलेज सिनामंगल

८. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

९.  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी

१०. बीरेन्द्र अस्पताल छाउनी

११. एपीएफ अस्पताल बलम्बु

१२. नेपाल प्रहरी अस्पताल पानी पोखरी

१३. ओम अस्पताल रिसर्च सेन्टर चावहिल

१४.  क्षेत्रपाटी निशुल्क चिकित्सालय क्षेत्रपाटी

१५. भक्तपुर अस्पताल भक्तपुर

१६. नेपाल कोरिया मैत्री अस्पताल ठिमी

१७.  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर

१८. किष्ट मेडिकल कलेज ललितपुर

१९. आनन्दवन अस्पताल ललितपुर

२०. धुलिखेल अस्पताल काभ्रे

२१. त्रिशुली अस्पताल नुवाकोट

२२. बारबिसे अस्पताल सिन्धुपाल्चोक

२३. जिल्ला अस्पताल रसुवा

प्रतिक्रिया दिनुहोस्