Logo
Logo

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई चुनाव प्रचार गर्न प्रतिबन्ध


दृष्टि संवाददाता


काठमाडौं । भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न प्रतिबन्ध लगाएको छ ।

चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको समाचारमा उल्लेख छ । केही दिन अगाडि एक चुनावी र्‍यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको भन्दै निर्वाचन आयोगले एक दिनका लागि चुनाव प्रचारमा प्रतिबन्ध लगाएको हो ।

पश्चिम बंगाल विधानसभा निर्वाचन २७ मार्चदेखि सुरु भएको थियो । आठ चरणमध्ये चार चरणको चुनाव भने सम्पन्न भइसकेको छ । चार चरणको चुनाव बाँकी रहेको बेला ममतामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।

भारतीय जनता पार्टी (भाजपा)ले भने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ ।

ममताले निर्वाचन आयोगको निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भनेकी छन् । त्यसविरुद्ध मंगलबार कोलकाताको गान्धी मूर्ति अगाडि धर्नामा बस्ने घोषणा उनले गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्