काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आज (मंगलबार) बाट कोरोना संक्रमित बिरामीलाई मात्र भर्ना लिने निर्णय गरेको छ ।
अस्पतालका निर्देशक डा सागर राजभण्डारीका अनुसार कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो ।
‘कोरोना संक्रमित बढेकाले हामीले इन्डोर सर्भिस कोभिडको मात्र सञ्चालन गर्ने निर्णय गरेका हौं,’ डा राजभण्डारीले भने, ‘संक्रमित बढिरहेका छन्, अन्य बिरामीलाई भर्ना गर्दा उनीहरूमा पनि संक्रमण सर्ने जोखिम हुन्छ। त्यसैले कोभिडबाहेकका बिरामीलाई भर्ना नगर्ने निर्णय गरेका छौं।’
अन्य सरुवा रोगका बिरामी भर्ना हुनैपर्ने अवस्थामा आए उनीहरूलाई वीर र पाटन अस्पतालमा व्यवस्थापन गरिने राजभण्डारी जानकारी दिए ।