Logo
Logo

चार स्थानीय तह बैकिग सेवाबाट बञ्चित


दृष्टि संवाददाता


काठमाडौं । चार स्थानीय तह बैंकिङ सेवाबाट बञ्चित रहेका छन् । ति क्षेत्रमा अझ पनि बैंक पुग्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ।

कुल ७५३ स्थानीय तहमध्ये गत फागुनसम्म ७ सय ४९ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । २०७६ फागुन सम्म ७ सय ४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।

नेपाल राष्ट्र बैंकबाट गत फागुन मसान्त सम्ममा १ सय ४३ वटा संस्थाले बैंक तथा वित्तीय संस्थाको रुपमा इजाजत पाएका छन् । यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा नौ हजार ७ सय ६५ रहेकोमा फागुन मसान्तसम्ममा १० हजार ४ सय ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्