Logo
Logo

कोरोनाले फस्टायो सेयर बजार


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ को संक्रमणले सेयर बजारका लगानीकर्तालाई भने फलिफाप भएको छ । लकडाउन पछि करिव १ हजार २ सय रहेको नेप्से परिसुचक कोरोना सक्रमण संगै बढेर २ हजार ७ सय पुगेपछि सेयर बजारमा कोरोना संक्रमण फलिफाप बन्न पुगेको हो ।

त्यसैको प्रभाव स्वरुप २०७७ को अन्तिम दिन पनि नेप्से सूचक २३ दशलमव २३ अंकले बढेर २ हजार ७ सय १४ दशलमव ७९ विन्दुमा आइपुगेको हो । यो अहिलेसम्मकै सर्वाधिक विन्दु हो । नयाँ वर्षको अन्तिम दिन नेप्सेले २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड कायम गरेको हो ।

नयाँ वर्षसँगै बजारमा थप उत्साह थपिने अनुमान गरिएको छ । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउने क्रम सुरु हुदैछ । तरलता थप सहज बन्दै जाने अनुमान गरिएपनि अहिले भने तरलता अभाव देखिन थालेको बैकहरुले बताएका छन् ।

कोरोना कालमा सेयर बजार बढनुमा उद्योग व्यवसाय बन्दपछि लगानीका लागि अन्य अवसर नभएपछि लगानीकर्ताले सेयर बजारमा लगानी गरेको कारण सेयर बजारमा बुलिस ट्रेन्ड आएको हो । लगानीकर्ताले पैसा खन्याउन थालेपछि सेयर बजार बढ्न थाल्यो । लकडाउन अघि दैनिक १ अर्ब रुपैयाँको मुस्किलले कारोबार हुने गरेकोमा पछिल्लो समय दैनिक १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुन थालेको छ ।

तर अहिले भने सेयर कारोबार दैनिक ६ देखि ७ अर्ब रुपैयाँ हाराहारीमा हुने गरेको छ । असारदेखि सेयर बजार खुलेपछि सेयर लगानीकर्ताहरू मध्ये गुमाउने भन्दा कमाउने धेरै रहेका छन । असारयता नेप्से परिसूचक झण्डै १ हजार ५ सय अंकले बढेको छ ।

एक सय रुपैयाँभन्दा कम मूल्यका जलविद्युत कम्पनीहरूको सेयर बढेर डेढसय रुपैयाँ माथि पुगेको छ । सेयर बजार बढ्ने क्रम जारी रहेकाले कोरोना लगानीकर्ताको सहयोगी बन्न पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्