Logo
Logo

कोरोना: भारतबाट नेपाल आउँनेको हुँदैन स्वास्थ्य जाँच


दृष्टि संवाददाता


काठमाडौं । भारतमा कोरोना भाइरस तीव्ररुपमा फैलिंदा नेपालमा त्रास सुरु भएको छ । खुल्ला सीमाका कारण भारतबाट सहजै नेपाल प्रवेश गर्नेहरु बढ्दा सीमावर्ती क्षेत्र उच्च जोखिममा रहेको छ ।

नाकामा स्वास्थ्य जाँच र क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी नहुँदा भारतबाट फर्किएका नेपाली सिधै घर पुग्दा संक्रमणले भयावह रूप लिने जोखिम बढेको छ ।

होली मनाउन गत चैत १४ मा भारतको हैदराबादबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा घर फर्किएका ३७ वर्षीय युवकको मंगलबार बिहान नारायणी अस्पतालमा मृत्यु भयो । ज्वरो र रुघाखोकी आएपछि चैत २६ मा उनी वीरगन्जको एडभान्स मेडिकेयर भर्ना भएका थिए ।

संक्रमण पुष्टि भएपछि चैत ३० को मध्यरात उनलाई नारायणी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोज रोशन दासले बताए ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंहका अनुसार संक्रमितमा निमोनियाबाहेक कडा खालको झाडापखालासमेत देखिएको छ । पछिल्लो एक साताको ट्रेन्ड हेर्ने हो भने नयाँ स्ट्रेनको सामुदायिक संक्रमण सुरु भइसकेको छ ।

‘भयावह अवस्था रोक्न राजनीतिक कार्यक्रम, पार्टी प्रवेश, कार्यकर्ता प्रशिक्षणजस्ता कार्यक्रममा अविलम्ब प्रतिबन्ध लगाउनुपर्छ,’ उनले भने ।
चिकित्सक तथा स्वास्थ्य विज्ञ भारतबाट आएकालाई कम्तीमा १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै आएका छन् । तर, नाकामा भने तापक्रम मात्र जाँचेर अभिलेख नै नराखी प्रवेश गर्न दिइएको छ । आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्