Logo
Logo

कोरोना संक्रमितले भरियो भेरी अस्पताल, नयाँ भर्ना बन्द


दृष्टि संवाददाता


नेपालगञ्ज । भेरी अस्पताल नेपालगन्जको कोभिड वार्ड कोरोना संक्रमितले भरिएसँगै भर्ना बन्द गरिएको छ । कोरोना संक्रमित बढेर अस्पताल आउन थालेसँगै बेड अभाव हुन थालेपछि थप नयाँ संक्रमितलाई भर्ना गर्न नसकिने जनाएको छ ।

भेरी अस्पतालले १४२ बेडको कोभिड वार्ड बनाएको छ । तर जनशक्ति अभावका कारण ६५ बेडमात्रै सञ्चालनमा छ । भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले कोरोनाका बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताए । उनले सबै बेड भरिएको बताए ।

उपचारका लागि भर्ना भएका कोरोनाका सबै बिरामीलाई अक्सिजन दिइएको छ । २४ जना आईसीयूमा भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर छ ।

पछिल्लो समय उपचारका लागि भर्ना भएका कोरोना संक्रमितहरुलाई होम आइलोसनमा राख्न नमिल्ने भएकाले बेड भरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्