थ्री नेसन्स टी २० क्रिकेट सिरिजका लागि राष्ट्रिय टोली घोषणा « Drishti News – Nepalese News Portal
Logo

थ्री नेसन्स टी २० क्रिकेट सिरिजका लागि राष्ट्रिय टोली घोषणा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले थ्री नेसन्स ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ ।बुधबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्सीय नेपाली टिम घोषणा गरेको हो ।

घरेलु टोली नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दैछन् । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ गते, तेस्रो खेलमा नेदरल्याण्ड्ससँग बैशाख ७ गते र अन्तिम लिग खेलमा मलेसियासँग बैशाख ९ गते खेल्नेछ ।

दोहोरो लिग प्रणालीमा हुने श्रृंखलाका शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा बैशाख ११ गते खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्