Logo
Logo

आइपीएलमा आज हैदराबाद र बैंग्लोर भिड्दै


दृष्टि संवाददाता


काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग ( आइपीएल)मा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेञ्जर्स बैग्लोरविच प्रतिस्पर्धा हुँदैछ । साँझ पौने आठ बजे चन्नेईमा सुरु हुने खेलमा बैंग्लोर दोस्रो र हैदराबाद पहिलो जीतको खोजीमा हुनेछ ।

यो सिजनमा बलियो लाइनअप रहेको बैंग्लोरसँग विराट कोहलीसँगै एवी डिभिलियर्स, ग्लेन म्यासवेल जस्ता पावर हिटर छन् । तल्लो क्रमसम्ममा ब्याटिङ लाइनअप रहेको बैंग्लोरविरुद्ध हैदरावादको लक्ष्य पनि जित नै हुनेछ ।

पहिलो खेलमा कोलकातासँग १० रनले पराजित भएको हैदरावाद दोस्रो खेलमा भने जसरी भएपनि जीत निकाल्ने लक्ष्यमा छ । यी दुई टिमको इक्वेसन हेर्दा हैदारावादले पाँच खेलमा तीन खेल जितेको छ भने बैंग्लोरको पक्षमा एक खेल गएको छ ।

प्रतिक्रिया दिनुहोस्