Logo
Logo

रुखका ठुटा र जराबाट बनाइएकाे कलाकृतिको संग्रहालय


दृष्टि संवाददाता


काठमाडौं । सरकारले राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालयको शुभारम्भ गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरेको होे ।

सङ्ग्रहालयमा अन्तर्राष्ट्रिय व्यक्तित्वका २८ कलाकृति सहित करिब एक सय सामग्री संग्रह गरिएको छ । यसको निर्माण कलाकार सरगम सम्राट पाख्रिनले गरेका हुन् । रुखको ठुटा र जराबाट बनेको सङ्ग्रहालय विश्वमै पहिलो भएको उनको दावी छ ।,

सङ्ग्रहालयमा गौतम बुद्ध, महात्मा गान्धी, अलबर्ट आइन्स्टाइन, राइट ब्रदर्स, सर आइज्यक न्यूटन, माइकल फराडे, जेसस क्राइष्टलगायत व्यक्तिका तस्वीर काठका ठुटा र रुखका जरा एवं राँगो तथा खसीका हड्डी प्रयोग गरेर बनाई सङ्ग्रहमा राखिएको छ ।

गोकर्णमा युनेस्को ग्रामसँगै दक्षिण एसियाली अध्ययन केन्द्रसमेत निर्माण गर्न लागिएको छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सिफारीस गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा अर्थ मन्त्रालयसँग रु ६२ करोड बजेट माग गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्