Logo
Logo

वैशाख ७ गतेखि बाजुरामा पनि कोरोनाको दोस्रो खोप लगाइने


दृष्टि संवाददाता


बाजुरा । बाजुरामा २०७७ माघ १५ फागुन ९ गतेसम्म विभिन्न चरणमा पहिलो खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्र लगाइने भएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षा कर्मी स्थानीय जनप्रतिनिधी पत्रकार लगायतहरुलाई खोप लागाइको थियो । सोही बमोजीम वैशाख सात गतेदेखि ११ गतेसम्म पहिलो चरणमा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा खोप लगाउने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए ।

दोस्रो मात्रको खोप बाजुरा जिल्लाका सबै स्थानीय तह मुख्य केन्द्रमा लगाइने प्रमुख पन्तको भनाइ छ । खोप लगाउन आउँदा पहिलेको खोप कार्ड अनिबार्य ल्याएर आउनुपर्ने नियम भएकोले सो कार्ड सहित खोप लगाउन आउन सबैमा जानकारी गराएको स्वास्थ्य कार्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्