Logo
Logo

भारतीय मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना


दृष्टि संवाददाता


एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री योगीले कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

मुख्यमन्त्री कार्यालयका केही व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि योगी पनि आइसोलेसनमा बसेका थिए । सुरुआती लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको योगीले बताएका छन् ।

पछिल्लो समय पश्चिम बंगाल विधानसभा चुनाव प्रचारमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री र अन्य पार्टीका शीर्ष नेता सहभागी सभामा स्वास्थ्य मापदण्डबिना नै ठूलो भीड उपस्थित भइरहेको छ ।

यस्तै, पूर्वमुख्यमन्त्री अखिलेश यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले पनि सामाजिक सञ्जालमाफर्त कोरोना पुष्टि भएको बताएका छन् ।

आफूलाई कोरोना संक्रमण भएको र पछिल्ला केही दिनमा आफ्नो सम्पर्कका आएका व्यक्तिलाई परीक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन् । यादव केही दिनअघि मात्रै हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्