Logo
Logo

माफियाको कब्जामा अर्बौंको सरकारी जग्गा


दृष्टि संवाददाता


काठमाडौं । गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा रहेको तथ्य सार्वजनिक भएको छ।

त्यसमध्ये ७५ बिघा अतिक्रमणमा परेको छ भने बाँकी जग्गा प्रालिको मिलेमतोमा भूमाफियाले भोगचलन गरेको खुलेको छ। अतिक्रमित ७५ बिघा जग्गामा १ हजार १ सय घर बनेका छन्।

घर बनेर बाँकी रहेको जग्गा पनि अतिक्रमणकारीले नै जोतभोग गरेको पाइएको छ। कागजमा उद्योग चलाउन हदबन्दी छुट भनिए पनि यथार्थमा जग्गा भूमाफियाको कब्जामा छ।

हदबन्दी छुटको नाममा तीन दशकदेखि भोगचलन गरिरहेको जग्गाको हदम्याद थप गरिदिन भन्दै पुनः गत भदौ ८ गते प्रालिका अध्यक्ष जैनेन्द्रकुमार टण्डनले यथार्थ बंग्याएर भूमि सुधार तथा मालपोत कार्यालयमा निवेदन पेस गरेका थिए। जिल्लामा त्यसको चर्को विरोध भएपछि तत्कालीन प्रजिअ रामबहादुर कुरुम्बाङको सक्रियतामा छानबिन समिति गठन भएकोे थियो।

भूमिसम्बन्धी ऐन २०२१ (आठौं संशोधन) को दफा १२ (ङ) लाई आधार बनाएर टोलीले काम गरेपछि जग्गा अतिक्रमणबारेको तथ्य सार्वजनिक भएको हो।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्