Logo
Logo

भारतीय व्यापारी चिनियाँ खोप लगाउन जहाज चढेर नेपालमा


दृष्टि संवाददाता


काठमाडौं । चिनियाँ खोप लगाउन भारतीय व्यापारी जहाज चढेर नेपाल आउन थालेका छन् । भारतमा चिनियाँ खोप उपलब्ध छैन, चीनले आफ्नो खोप नलगाएका विदेशीलाई भिसा दिएको छैन त्यसैले चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी खोप लगाउन नेपाल आउन थालेका हुन् ।

२० भारतीय व्यापारीले मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग केन्द्रमा चिनियाँ ‘भेरोसेल’ खोप लगाएका छन् । ‘चीनमा व्यापार गरेको कार्डका आधारमा हामीले उनीहरूलाई खोप लगाइदियौँ ।

पछि उनीहरू भारतबाट खोप लगाउन मात्रै नेपाल आएको पुष्टि भयो,’ टेकु अस्पतालका एक चिकित्सकले भने, ‘यसरी टेकु अस्पतालमा मात्रै होइन, काठमाडौंका अन्य र काठमाडौंबाहिरका खोप केन्द्रमा पनि ठूलो संख्यामा भारतीय व्यापारीले खोप लगाएका हुन सक्छन् ।’

टेकु अस्पतालका स्वास्थ्यकर्मी शंकर पाण्डेका अनुसार बुधबार पनि टेकुु अस्पतालमा ३० जना भारतीय व्यापारी खोप लगाउन आएका थिए । चिकित्सकहरूले नागरिकताविना लगाउन नसक्ने बताएपछि उनीहरूले ‘हिजोचाहिँ किन लगाएको त’ भनेर विवादसमेत गरेका थिए । विवादपछि अस्पताल प्रशासनले बुधबार खोप सेवा बन्द गरेको थियो ।

टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले भारतीयहरूको दबाब बढेपछि बुधबार खोपसेवा नै बन्द गरिएको बताए । यो समाचार आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्