वीरगञ्जमा एक कोरोना संक्रमित महिलाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

वीरगञ्जमा एक कोरोना संक्रमित महिलाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमित एक महिलाको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासका अनुसार वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको हो ।

विहीबार बिहान ८ः१६ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

उनलाई श्वासप्रश्वासमा समस्या र अक्सिजन लेभल मेन्टेन नभइरहेको डाक्टरको भनाई छ । उनले भने, ‘सकेको कोसिस गरेका हौं, तर स्वास्थ्यमा सुधार आउन सकेन, बचाउन सकिएन ।’

मोटोपन बढी रहेको उनमा ज्वरो आउने पखाला चल्ने लगायतका लक्षण देखिएको थियो ।

स्वास्थ्य समस्या बढेपछि ०७६ चैत २९ गते बेलुका ८ बजेतिर उनलाई नारायणी अस्पतालामा भर्ना गरिएको थियो । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्