Logo
Logo

सिन्दूर जात्राको रौनक, यसरी रंगियो मध्यपुर थिमी


दृष्टि संवाददाता


भक्तपुर । आज भक्तपुरको मध्यपुर थिमी सिन्दूर जात्राको रमझमको रौनक छ । सिन्दुर जात्राको रौनकले भत्तपुरको मध्युपुर थिमीमा भीड लागेको छ ।

कोरोना संक्रमणको जोखिमका बावजुद प्रत्येक वर्ष नयाँ वर्षको शुरूआतजस्तै यो वर्ष पनि जात्रामा भीड भएको हो ।

बिस्केट (बिस्काः) जात्राको अवसर पारेर ३२ खटसहितको सिन्दूर जात्रा मनाइने गरिएको हो । देवता खटमा राखी धिमेबाजाका साथ जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर र फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको स्थानीयहरुको भनाई छ ।

मध्यपुर थिमिमा बिस्का जात्राका क्रममा बिहीबार बालकुमारी, विष्णुवीर, सिद्दिकालीलगायको ३२ खट बालकुमारी परिसरमा जात्रा गर्दै जात्रालु । जात्राको दिन जात्रालु एकआपमा अबिर छर्काएर रमाउने गरिन्छ । तस्विर : रासस

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरू हुने गर्छ । भुस्याबाजा, कायाबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर परिक्रमा गराइने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्