Logo
Logo

कोरोना संक्रमितलाई ५० शय्या अनिवार्य छुट्याउन निर्देशन


दृष्टि संवाददाता


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतलाले कोरोना संक्रमितका लागि कम्तीमा ५० शय्या छुट्याउनु पर्ने निर्णय गरेको छ । बिहीबार सूचना जारी गर्दै मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएकाले ५० शय्या अस्पतालले अनिवार्य छुटाउनुपर्ने जनाएको हो ।

मन्त्रालयको निर्णयानुसार नियमित रूपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्रहीलाई कोभिड १९ संक्रमण पुष्टि भएको आधारमा मात्रै अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुने काम नगराउन आग्रह गरेको छ ।

मन्त्रालयले निजी प्रयोगशाला तथा अस्पतालहरुले कोभिड २९ को परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क दुई हजार रुपैयाँ नबढाइ तथा संक्रमितको औषधि बाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई तीन हजार पाँच सय, मध्यमलाई सात हजार र जटिललाई १५ हजारमा ५० प्रतिशत थपभन्दा नबढ्ने गरी उपचार गर्नुपर्ने मन्त्रालयको आग्रह छ ।

सूचनामा नेपालमा विभिन्न होटलहरुमा आइ बसोबास गर्ने विदेशी नागरिकहरुको गेष्ट रजिष्ट्रेसन सिस्टम चुस्त बनाइ काम गर्न तथा पीसीआर नतिजा नेगेटिभ आएमा मात्र होटलमा राख्न पाइने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्