Logo
Logo

‘डबल म्युटेन्ट भेरियन्ट’ सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ को नयाँ स्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको ट्राभल हिस्ट्रि खोजी सुरु गरिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण खोजी भइरहेको बताए ।

“सङ्क्रमण देखिएका व्यक्ति विदेशबाट आएका हुन्”, उनले भने, “उनीहरुको यात्रा विवरण, कन्ट्याक्ट ट्रेसिङ हामीले खोजिरहेका छौँ ।” हङ्कङमा परीक्षणका क्रममा बुधबार ललितपुरका ५९ वर्षीय एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ र अन्य नौ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो । पन्ध्र जनाको अणुवांशिक ‘जिन सिक्वेन्सिङ’मा एक जनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटिएको हो ।

सङ्क्रमित तीन हप्ता पहिले नेपाल आएकाले उनीहरुमा सङ्क्रमण नभए पनि अरुलाई सारेको हुनसक्ने भएकाले कन्ट्याक्ट ट्रेसिङलगायतका कार्य भइरहेको छ ।

दुवै कोभिड–१९ का नयाँस्वरुप भएकाले कडा खालका भाइरस मानिन्छन् । दुवै सङ्क्रामक क्षमता बढी रहेका भाइरस हुन् ।

प्रतिक्रिया दिनुहोस्