Logo
Logo

त्रिकोणात्मक सिरिजमा दर्शकको सहभागिता हुनेमा अन्योल


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाले अति प्रभावित १४ जिल्लामा हुने खेलकुद गतिविधिमा सहभागी नहुन सूचना जारी गरेको छ । मन्त्रालयले विज्ञेप्ती जारी गर्दै भिड हुने ठाँउमा सहभागी नहुनका लागि निर्देशन दिएको हो ।

शनिबारबाट कीर्तिपुर मैदानमा त्रिकोणात्मक टी २० सिरिज हुँदैछ भने बैशाख ११ गतेबाट रंगशालामा नेपाल सुपर लिग हुँदैछ । अब मन्त्रालयले सर्वसाधारणलाई भिड हुने ठाँउमा नजाने भनेपछि दुबै प्रतियोगितामा दर्शकको उपस्थिती नहुने निश्चित जस्तै भएको छ । त्रिकोणात्मक सिरिजमा क्यानले दर्शकका लागि एक सय ५० रुपैयाँ टिकट मुल्य तोकेको छ ।

यस्तै नेपाल सुपर लिगमा पनि दर्शकसहित प्रतियोगिता गर्ने योजना अन्योल बनेको छ । सरकारले भिडभाडमा रोक लगाएपनि खेलकुद गतिविधीमा रोक्न भने भनेको छैन । मन्त्रालयले भिडभाड गर्न नहुने जिल्लामा काठमाडौं भक्तपुर, ललितपुर, चितवन, बाँके, कैलाली, दाङर सुर्खेत, बारा, बागलुङ, कास्की, रुपन्देही, पर्सा छन् ।

 

प्रतिक्रिया दिनुहोस्