Logo
Logo

तीन दिदीबहिनीले अग्ला शिखर आरोहण गर्ने, सरकारद्वारा बिदाई


दृष्टि संवाददाता


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमाल आरोहण टोलीलाई विदाई गरेका छन् । एकै परिवारका तीन दिदीबहिनी सम्मिलित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान’ टोलीलाई मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर विदाई गरेका हुन् ।

दोलखास्थित गौरीशंकर गाउँपालिका–९ बेदीङका एउटै परिवारका तीन दिदीबहिनी ३० वर्षीया निमा जाङबु शेर्पा, २६ वर्षीया छिरिङ नाम्गे शेर्पा र २४ वर्षीया दावा फुटी शेर्पाले शुक्रबारदेखि सातै महादेशका अग्ला शिखर आरोहण गर्न सुरु गर्नेछन् ।

आरोहण दलका टोली नेता दावा फुुटीले ३ वर्षभित्रमा सातैवटा महादेशको अग्लो शिखर आरोहण गर्ने योजना रहेको जानकारी दिइन् ।टोलीलाई विदाई गर्दै मन्त्री गुरुङले आरोहण सफल बनाउनका लागि सरकारले सक्दो सहयोग, समन्वय र साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्