Logo
Logo
कोरोनाको दोस्रो लहरको जोखिम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क बिना प्रवेश निषेध


दृष्टि संवाददाता


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क बिना प्रवेश निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको बैठकले बिहिबार सो निर्णय गरेको हो ।

मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । विमानस्थल उच्च जोखिममा भएको हुनाले पुर्व सतर्कता अपनाउनका लागि भीड नगर्न आग्रह गरिएको छ ।

आफन्तलाई विदाई गर्न जाँदा र लिन जाँदा मुख्य गेटबाटै फ​र्कन विमानस्थल प्रशासनले आग्रह गरेको छ । ‘स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेका छौं, ’ एसएसपी बास्तोलाले भने, ‘प्रस्थान गर्ने व्यक्तिलाई पिसिआर रिपोर्ट अनिवार्य गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्