Logo
Logo

सुपारी, केराउ, मरिच र छोकडा आयातमा कोटा वितरण स्थगित


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले सुपारी, केराउ, मरिच र छोकडा आयातमा लागु गरिएको कोटा वितरण स्थगित भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एक सूचना जारी गर्दै कोटा वितरण कार्य स्थगनको जानकारी गराएको हो ।

सरकारले एक आर्थिक वर्षमा सुपारी २५ हजार, केराउ ८० हजार, नधुल्याइएको मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी कोटा निर्धारण गरेको थियो ।

कोटो प्रणाली खुला भएको दुई हप्तामा चार लाख ७८ हजार ८४६ मेट्रिकटन सुपारीमा आयात गर्न दुई सय ५० निवेदकले आवेदन दिएका थिए । उक्त आवेदन तोकिएको परिमाण भन्दा १९ गुणाले बढी हो ।

यस्तै एक लाख ७९ हजार ३३ मेट्रिकटन केराउ आयात गर्न तीन सय चार, एक लाख ६६ हजार ३०३ मेट्रिकटन नधुल्याइएको मरिचमा आयात गर्न २०६ र ६० हजार ८०४ मेट्रिकटन छोकडा आयात गर्न १२४ वटा निवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्