Logo
Logo

आफ्नौ स्रोत साधनले कोरोना नियन्त्रण गर्ने मोदीको प्रतिबद्धता


दृष्टि संवाददाता


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै स्रोत–साधनमा निर्भर भई नागरिकको जीवनरक्षा गर्नु नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

रायसीना संवादको छैटौं संस्करणको उद्घाटन समारोहलाई भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीको यो महाव्याधिबाट जनतालाई बचाउन सरकारको हर प्रयास जारी रहेको बताएका हुन् ।

उनले भने, ‘महामारीको घडीमा हाम्रो आफ्नै स्रोतमा निर्भर भई हामीले हाम्रा बाचाहरुलाई पूर्णता दिन प्रयास गरेका छौँ। १ अर्ब ३० करोड भारतीय जनतालाई महाव्याधिबाट बचाउने प्रयास जारी राखेका छौँ । साथसाथै हामीले अरुलाई पनि महामारी विरुद्ध लड्न सहयोग गरेका छौँ ।’

उनले कैयौं अप्ठ्याराका बाबजुद भारतले यो वर्ष ८० भन्दा बढी देशहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरेको बताए । उनले महामारीसँग लड्न भारतले निरन्तर रुपमा आफ्नो अनुभव, दक्षता एवम् साधन–स्रोत सिंगो मानव समुदायसँग बाँड्ने बताए ।

भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा थप ‍१ लाख ९९ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि (बुधबार) वैशाख १ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्