Logo
Logo

नेपालले भारतको एक्सचेन्जबाट विद्युत् किन्न सक्ने


दृष्टि संवाददाता


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ ।

भारतको ऊर्जा मन्त्रालयले बुधवार प्राधिकरणलाई आफ्नो मुलुकको विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न स्वीकृति दिएको छ । त्यसपछि प्राधिकरणले भारतबाट खुल्ला रूपमा विद्युत् किन्न पाउने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आवेदनको आधारमा सो मन्त्रालयले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो ।

भारतले प्राधिकरणलाई विद्युत् विक्रीका लागि अनुमति भने दिइसकेको छैन । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले हाललाई भारतीय विद्युत् एक्सचेन्ज मार्केटबाट बिजुली किन्न मिल्नेगरी मात्र अनुमति पाएको बताए । तर, विद्युत् विक्री गर्ने अनुमति पनि पाउने प्रक्रियामा रहेको उनको भनाइ छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्