Logo
Logo

कांग्रेस फकाउँदै एमाले र माओवादी


दृष्टि संवाददाता


सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार विश्वासको मत लिने तयारी गरेसँगै एमाले र माओवादी केन्द्रले कांग्रेसलाई आफ्ना पक्षमा पार्ने प्रयास तीव्र पारेका छन् ।

एमालेले विश्वासको मत बिफल पार्न र माओवादी केन्द्रले विश्वासको मतमा बहुमत जुटाउन कांग्रेसलाई फकाईरहेका छन् ।

दुवै दलले काग्रेसलाई सरकारी नेतृत्व दिने प्रस्तावव गरेका छन् । कांग्रेस भने जुन दलसँग सहकार्य गर्दा छिटो सरकारको नेतृत्व पाइन्छ, त्यससँगै लाग्ने रणनीतिमा देखिन्छ ।

स्रोतका अनुसार बिहीबार बिहान मुख्यमन्त्री शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच सत्ता साझेदारीबारे छलफल भएको थियो ।

‘मुख्यमन्त्री शाहीले विश्वासको मत पारित भए यही सरकारलाई ६ महिनासम्म निरन्तरता दिने र त्यसपछि बाँकी अवधिको नेतृत्व कांग्रेसले गर्ने प्रस्ताव गर्नुभयो’ स्रोतले भन्यो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्